Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)

२०७९ कार्तिक ३० गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷८० को तीन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.५० प्रतिशत रहेको छ । आयात १६.२ प्रतिशतले, निर्यात ३५.७ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १३.१ प्रतिशतले घटेकोछ ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६.८ प्रतिशतले र अमेरिकी डलरमा ७.९ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.१२ अर्ब ४३ करोडलेबचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ४८ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च रु.२७८ अर्ब १७ करोड र राजस्व परिचालन रु.२०८ अर्ब ५८ करोड रहेकोछ । विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले बढेकोछ ।

वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ५.३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.४ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा १.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ८.२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.४ प्रतिशत रहेको छ ।

हेर्नुहोस् पूर्णपाठ