
बैंकिङ खबर/मंसिरमा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर नघट्ने भएको छ । मंगलबार बिहान बसेको बैंकर्स संघको बैंठकले अर्थतन्त्रको सूचकहरुमा स्थिर नै रहेकोले ब्याजदरमा तल–माथि गर्नुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेको हो ।
बैंकर्स संघको उपाध्यक्ष सुनिल केसीले भन्नुभयो, ‘मुख्य आर्थिक सूचकहरु पहिलेकै ठाउँमा छन् । मुद्रास्फीति पहिलेकै ठाउँमा छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले लिने लक्ष्यअनुसार पुसमा ब्याजदर तल–माथि गर्न सकिन्छ । अहिले यथावत राख्ने कुरा भएको छ ।’
भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा ९.०३ र बचतमा न्युनतम ६.०३ देखि अधिकतम ९.०३ प्रतिशत ८.०३ प्रतिशत ब्याजदर रहेको थियो ।
असोजमा १० प्रतिशतका दरले वृद्धि भएर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ र अधिकतम ९.१३३ प्रतिशतसमम पुगेको छ । यता बैंकको व्याजदर अत्याधिक बढेको भन्दै उद्योगी व्यवसायीहरु भने आन्दोलनमा छन् ।




