Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नियम विपरितका सेवा शुल्क फिर्ता गर्न लघुवित्त संस्थाहरुलाई राष्ट्र बैंकको निर्देशन

२०७९ कार्तिक २८ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई नियम विपरित असुल गरेको सेवा शुल्क फिर्ता गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले लघुवित्त संस्थाले बुझाएको वित्तीय विवरण अध्ययन गरेका थियो । उक्त अध्ययनमा ६ प्रतिशतसम्म सेवा शुल्क असुल गरेको पाइएको थियो ।

राष्ट्र बैंकले लघुवित्त संस्थालाई १.५ प्रतिशत सेवा शुल्क लिन सक्ने व्यवस्था गरेको छ । तर, लघुवित्त संस्थाले उक्त व्यवस्थाको गलत व्याख्या गर्दै ६ प्रतिशतसम्म सेवा शुल्क असुल गरेका हुन् ।

प्रायः सबै संस्थाले वर्षमा ४ पटक कर्जा नकीकरण गरेर ६ प्रतिशत सेवा शुल्क लिने गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले लघुवित्त संस्थालाई नियम विपरित असुल गरेको सेवा शुल्क सम्बन्धी हिसाब गरेर पेश गर्न समेत निर्देशन दिएको छ ।

हाल राष्ट्र बैंकबाट अनुमति लिएर ६५ लघुवित्त संस्था सञ्चालित छन् । राष्ट्र बैंकका एक अधिकारीका अनुसार लघुवित्त संस्थाले ८० देखि ९० करोड रुपैयाँ नियमविपरित असुल गरेका छन् । राष्ट्र बैंकले वित्त कम्पनी र विकास बैंकलाई समेत नियम विपरित असुल गरेको सेवा शुल्क फिर्ता गर्न निर्देशन दिएको छ ।