Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले ३० अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै

२०७९ कार्तिक २४ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बिहीबार (कात्तिक २४ गते) रु. ३० अर्बको नेपाल सरकारका ट्रेजरी बिल्स सोझै खरिद गर्नका लागि बोलकबोल गर्ने भएको छ ।

बोलकबोल बिहीबार दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट गरिनेछ। ट्रेजरी बिल्सको खरिद मिति भने भोलि कात्तिक २५ गते तय गरिएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार नेपाल सरकारका ट्रेजरी बिल्सको भुक्तानी २०७९ चैत मसान्तसम्म तोकिएको छ।

काउन्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नम्बर र परिणाम उल्लेख गर्नुपर्नेछ ।