Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ब्याजदर घटाउन चर्को दबाब

२०७९ कार्तिक २३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक यतिबेला मौद्रिक नीति समीक्षाको तयारीमा जुटेको छ । त्रैमासिक समीक्षा मार्फत नीति संशोधन गर्न मिल्छ । यसै सन्दर्भ पारेर उद्योगी व्यवसायीहरूले ब्याजदर नियन्त्रण गर्नुपर्ने नीति लिन दबाब दिन थालेका छन् । बैंकहरुले बढाएको व्याजदरका विरुद्धमा उद्योगी–व्यावसायीहरु आन्दोलित भएका छन् । यसैबीच शुक्रबार काठमाडौं माइतीघरमा उद्योगी व्यवसायीले शान्तिपूर्ण मौन विरोध प्रदर्शन गरेका छन् ।

उता उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ ले पनि ब्याजदरको बृद्धिले उद्योग व्यवसायी गम्भिर संकट पैदा भएको भन्दै विरोध गर्दै आएका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त प्रतिनिधि मण्डलले नेपाल राष्ट्र वैंकका गर्भनर महाप्रसाद अधिकारी लगायत उच्च पदस्थ कर्मचारीहरुका साथ भेटघाट गरी वर्तमानको वित्तीय संकट सम्वन्धमा प्रतिवेदन सहित सुझाव दिएका छन् ।

गत वर्ष राष्ट्र बैंकले मंसिर १० गते मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको थियो । राष्ट्र बैंकले अहिले पनि त्यही अबधि भित्रमा मौद्रक नीतिको समीक्षा गर्ने तयारी गरिरहेको छ । यहि बेला व्यवसायीले ब्याजदर घटाउन तिब्र दबाब दिन थालेका हुन् । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षालाई मंसिर ४ गते हुने चुनावले केही असर नगर्ने राष्ट्र बैंकका सह प्रवक्ता नारायणप्रसाद पोखरेलले बताउनुभयो । राष्ट्र बैंकले पनि मौद्रिक नीति मार्फत ब्याजदर घटाउने उपायको खोजी गरिहेको छ । एक वर्षअघि ७ देखि ८ प्रतिशतसम्म रहेको कर्जाको ब्याजदर अहिले बढेर करिव दोब्बर भएको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीतिमा चर्को ब्याजदर घटाउने उपायसहितको उपकरण खोजी गरिएको छ । बिज्ञहरुले अहिले देखिएको तरलता अभावको अन्त्य गर्न पुँजी–निक्षेप अनुपात (सिडी रेसियो) खारेज गर्नुपर्ने सुझाव राष्ट्र बैंकलाई दिँदै आएका छन् ।

पछिल्लो समय कर्जाको माग अत्यधिक बढेको तर निक्षेप वृद्धि नहुँदा बैंकहरुको ब्याजदर घट्न सकेको छैन् । उद्योगी, व्यवसायीले वाणिज्य बैंकहरुबाट लिएको ऋणमा १४–१५ प्रतिशतसम्म पुर्याएको आरोप लगाएका छन् । ब्याजदर बढाउँदा व्यवसायी मारमा परेको उनीहरुको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघले यसमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट एकतर्फीरूपमा ऋणको ब्याजदर अत्यधिक वृद्धि भएका कारण उद्योग, व्यवसाय क्षेत्रको लागत वृद्धि भई सञ्चालनमा कठिनाइ भोगिरहेको भन्दै महासंघले बारम्बार सम्बद्ध निकायको ध्यानाकर्षण गराउँदै आएको छ ।

बैंकिङ क्षेत्र टिकाउन ब्याजदर वृद्धिः अनिल उपाध्याय