महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीले १० प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त बोनस सेयर राष्ट्र बैंकबाट स्विकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।
क्यापिटल मार्केट
