Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्रिय वाणिज्य बैंकको लगानी साढे १३ अर्ब 

admin २०७३ आश्विन २० गते
सेयर:

good-investmentराष्ट्रिय वाणिज्य बैंक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयअन्तर्गतका शाखाले गत आवको अन्त्यसम्ममा रु १३ अर्ब ५१ करोड २६ लाख २५ हजार ऋण लगानी गरेका छन् । ती शाखाले सो अवधिमा रु ८८ करोड ९७ लाख २० हजार नाफा गरेको कार्यालयका उपप्रबन्धक हितकाजी गुरुङले जानकारी दिए । पोखराको अमरसिंह चोकमा रहेको बैंकको शाखाले सबैभन्दा बढी रु १३ करोड ६ लाख ५७ हजार नाफा गरेको छ । यस क्षेत्रमा रहेका ३३ शाखामध्ये सातवटा शाखा घाटामा छन् भने अन्यले नाफा कमाएको बताइएको छ । रासस

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।