Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

जनता बैंकको ५० प्रतिशत हकप्रद बोर्डबाट स्वीकृत

२०७३ आश्विन २० गते

janata bank 1जनता बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डको स्विकृति पाएको छ । जनता बैंकले एक करोड तीन लाख कित्ता हकप्रद जारी गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव बोर्डले बुधबार स्वीकृत गरेको हो ।

जनता बैंकको हाल चूक्ता पूँजी २ करोड ६ लाख रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी तीन अर्ब ९ करोड रुपैयाँ पुग्ने छ । गत आर्थिक वर्षको मुनाफाबाट बैंकले अहिलेसम्म बोनस प्रस्ताव गरेको छ्रन । बैंकले गत आवमा साढे ३२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।