Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरूको निक्षेपमा १७ अर्बको गिरावट, सिडी रेसियो कति ?

२०७९ कार्तिक १६ गते

बैंकिङ खबर/ एक हप्ताको अवधिमा वाणिज्य बैंकहरूको निक्षेप १७ अर्बले घटेको छ। नेपाल बैंकर्स एसोसिएसनका अनुसार कात्तिक ४ गते देखि ११ गतेसम्म वाणिज्य बैंकहरूको निक्षेप ४५ खर्ब २४ अर्ब पुगेको थियो भने सोही अवधिमा वाणिज्य बैंकहरूले ४२ खर्ब २५ अर्ब कर्जा प्रवाह गरेका थिए। समीक्षा अवधिमा कर्जा प्रवाह यथावत नै रहेको थियो भने औसतमा कर्जा(निक्षेप अनुपात (सिडी रेसियो) ८७.५८ प्रतिशत रहेको थियो।

त्यस्तै असोज मसान्त र कार्तिक ११ गतेको तुलनामा वाणिज्य बैंकहरूको निक्षेपमा २३ अर्बको गिरावट भएको थियो भने सोही अवधिसम्म कर्जा प्रवाहमा ५ अर्बको वृद्धि भएको थियो। असोज मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेप ४५ खर्ब ४७ अर्ब पुगेको थियो भने कर्जा रकम ४२ खर्ब २० अर्ब थियो ।

कार्तिक ११ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ७ अर्ब (स्वदेशी मुद्रा) र १ खर्ब १७ अर्ब (विदेशी मुद्रा) रहेको थियो भने ४१ खर्ब ९५ अर्ब (स्वदेशी मुद्रा) र ३१ अर्ब (विदेशी मुद्रा) मा कर्जा प्रवाह भएको थियो।