
बैंकिङ खबर/ नेकपा माओवादी केन्द्रले आगामी पाँच वर्षमा हाल कायम रहेको गरिबी कम्तिमा आधाले घटाइने प्रतिबद्धता व्यक्त गरेको छ ।
मंसिर ४ गतेको चुनावका लागि सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादीले मुलुकमा जनसंख्याको ठूलै हिस्सा अझ पनि गरिबीको रेखामुनि रहेको र गरिब घरपरिवारले दयनीय जीवन गुजारा गर्नुपरिरहेको अवस्था रहेको उल्लेख गरेको छ ।
समाजमा गरिबी र पछौटेपन कायम रहँदासम्म सीमित वर्गमात्र लाभान्वित हुने विकास र समृद्धिको कुनै अर्थ नरहने माओवादीको ठहर छ ।
‘यस अवस्थामा क्रमभंग गर्न आगामी पाँच वर्षमा हाल कायम रहेको गरिबी कम्तीमा आधाले घटाइने छ’माओवादीको प्रतिवद्धतापत्रमा भनिएको छ ।




