Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुको निष्क्रिय कर्जा बढ्दो

२०७९ कार्तिक १४ गते


बैंकिङ खबर/ पछिल्लो समय बैंकहरुको निष्क्रिय कर्जा बढ्दै गएको छ । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष (आव) २०७९/८० को प्रथम त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकको निष्क्रिय कर्जा अनुपात बढेको हो । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकमध्ये २३ बैंकको निष्क्रिय कर्जा अनुपात बढेको छ ।

आव २०७८/७९ को प्रथम त्रैमासमा वाणिज्य बैंकहरुको औसत निष्क्रिय कर्जा १.२३ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा ५ वटा बैंकको मात्रै निष्क्रिय कर्जा अनुपात त्यसभन्दा तल छ भने २१ बैंकको त्यसभन्दा माथि उक्लिएको छ ।

गत असार मसान्तमा वाणिज्य बैंकहरुको औसत निष्क्रिय कर्जा १.२० प्रतिशत रहेकोमा असोजमा आउँदा करिब औसत २ प्रतिशतको नजिक पुग्ने अवस्था देखिएको हो । एक वर्षको अवधिमा सनराइज बैंकको निष्क्रिय कर्जा सबैभन्दा धेरै १.८१ प्रतिशत बिन्दुले वृद्धि भएको छ । सनराइज बैंकको निष्क्रिय कर्जा वाणिज्य बैंकमध्येकै उच्च हो ।

असोज २०७८ मा १.१३ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा असोज २०७९ मा आउँदा २.९४ प्रतिशत पुगेको छ । एक वर्षको अवधिमा सनराइज बैंकको निष्क्रिय कर्जा सबैभन्दा धेरै १.८१ प्रतिशत बिन्दुले वृद्धि भएको छ । सनराइज बैंकको निष्क्रिय कर्जा वाणिज्य बैंकमध्येकै उच्च हो ।

हिमालयन बैंकको ०.५८ प्रतिशतबाट १.७३ प्रतिशत बिन्दुले वृद्धि भएर २.३१ प्रतिशत पुगेको छ । सिद्धार्थ बैंकको निष्क्रिय कर्जा ०.५४ प्रतिशतबाट बढेर २.१५ प्रतिशत पुग्दा बैंक अफ काठमाण्डुको पनि ०.९२ प्रतिशतबाट २.४६ प्रतिशत रहेको छ ।
सिटिजन्स बैंकको असोज २०७८ मा १.९१ प्रतिशत रहेको निष्क्रिय कर्जा असोज २०७९ मा आउँदा ०.९८ प्रतिशत विन्दुले वृद्धि भएर २.८९ प्रतिशतमा पुगेको छ ।

यता निष्क्रिय कर्जा अनुपात घट्दा पनि राष्ट्रिय वाणिज्य बैंक तेस्रो उच्च निष्क्रिय कर्जा रहेको बैंक हो । असोज २०७८ मा सबैभन्दा धेरै ३.०१ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात असोज २०७९ मा आउँदा ०.५३ प्रतिशत विन्दुले घटेर २.४८ प्रतिशतमा झरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले पनि निष्क्रिय कर्जा घटाउँदा सेञ्चुरी बैंकको भने स्थिर छ भने अन्य सबै बैंकको भने बढेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले २.२७ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात एक वर्षमा ०.७० प्रतिशत विन्दुले घटाएर १.५७ प्रतिशतमा झरेको छ ।
सेञ्चुरी बैंकको १.८८ प्रतिशतमा स्थिर छ । सबैभन्दा कम निष्क्रिय कर्जा रहेको एभरेष्ट बैंकको पनि ०.१३ प्रतिशतबाट बढेर ०.३३ प्रतिशत पुगेको छ ।

यस्तै असोज २०७८ मा सबैभन्दा कम निष्क्रिय कर्जा अनुपात रहेको सानिमा बैंकको ०.११ प्रतिशतबाट बढेर ०.९१ प्रतिशत पुगेको छ । यही निष्क्रिय कर्जा अनुपातमा भएको वृद्धिसँगै बैंकहरुको सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन पनि बढेको छ ।