Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

झनै महँगियो कर्जा

२०७९ कार्तिक ९ गते


बैंकिङ खबर/ बैंकहरुको कर्जा झनै महँगिदै गएको छ । बैंकहरुले प्रकाशित गरेको असोज मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार वाणिज्य बैंकको आधार ब्याजदर (बेस रेट) बढेको हो । असोज २०७८ को तुलनामा २०७९ असोजमा बैंकहरुको बेसरेट ४ प्रतिशत बिन्दुसम्मले बढेको छ । बेसरटेमा भएको वृद्धिकै अनुपातमा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछ ।

यस्तै कर्जाको ब्याजदर वृद्धि गर्दा त्रैमासिक औसत आधार दरमा भएको वृद्धिसम्म मात्र बढाउन सकिने व्यवस्था राष्ट्र बैंकले बैंकहरुलाई जारी गरेको एकीकृत निर्देशनमा छ । साथै यसरी आधार ब्याजदर बढेको आधारमा एक त्रैमासमा एकपटक मात्र कर्जाको ब्याजदर वृद्धि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा गत आर्थिक वर्ष २०७८÷७९ को प्रथम त्रैमासको तुलनामा बैंकहरुको बेसरेट २ देखि ४ प्रतिशत बिन्दुसम्मले बढेको छ । मेगा बैंकको भने बेसरेट १.०३ प्रतिशत बिन्दुले वृद्धि हुँदा स्ट्यान्डर्ड चाटर्ड बैंकको बेसरेट ४.०८ प्रतिशत विन्दुले वृद्धि भएको छ ।

असोजको अपरिस्कृत वित्तीय विवरणअनुसार सबैभन्दा कम बेसरेट पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको बेसरेट ८.८५ प्रतिशत र नेपाल बैंकको बेसरेट ८.९२ प्रतिशत रहेको छ ।

यस्तै स्ट्यान्डर्ड चाटर्ड बैंकको बेसरेट ९.२६ प्रतिशत, एभरेष्ट बैंकको ९.३० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ९.३९ प्रतिशत, नबिल बैंकको ९.४५ प्रतिशत र कृषि विकास बैंकको ९.८३ प्रतिशत बेसरेट रहेको छ । बाँकी रहेको १९ बैंकको बेसरेट दोहोरो अंकमा पुग्दा सबैभन्दा धेरै सिटिजन्स बैंकको ११.१४ प्रतिशत र सिभिल बैंकको बेसरेट ११.०९ प्रतिशत पुगेको छ ।

बैंकहरुको  बेसरेट  (प्रतिशतमा)
बैंक असोज २०७८ असोज २०७९
सिटिजन्स बैंक इन्टरनेसनल ८.११ ११.१४
सिभिल बैंक ८.२६ ११.०९
कुमारी बैंक ७.८८ १०.९९
एनसीसी बैंक ८.१२ १०.९५
सनराइज बैंक ८.४ १०.९४
प्राइम कमर्सियल बैंक ८.२७ १०.९१
बैंक अफ काडमाण्डू ८.५६ १०.८७
मेेगा बैंक नेपाल ९.८१ १०.८४
सेञ्चुरी बैंक ८.०९ १०.७६
एनआईसी एशिया बैंक ७.४८ १०.६७
लक्ष्मी बैंक ७.५७ १०.६६
प्रभु बैंक ७.६३ १०.५१
सानिमा बैंक ७.४५ १०.५
सिद्धार्थ बैंक ७.५७ १०.४३
हिमालयन बैंक ७.०१ १०.४३
माछापुच्छ्रे बैंक ७.३६ १०.३६
नेपाल एसबिआई बैंक ७.२६ १०.२२
ग्लोबल आईएमई बैंक ७.४१ १०.१९
एनएमबि बैंक ७.२७ १०.१५
कृषि विकास बैंक ७.१२ ९.८३
नबिल बैंक ६.११ ९.४५
नेपाल इन्भेष्टमेन्ट बैंक ६.७७ ९.३९
एभरेष्ट बैंक ९.३
स्ट्यान्डर्ड चाटर्ड बैंक ५.१८ ९.२६
नेपाल बैंक ५.९३ ८.९२
राष्ट्रिय वाणिज्य बैंक ५.६३ ८.८५

स्रोत : बैंकको प्रथम त्रैमासको अपरिस्कृत वित्तीय विवरण