Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्जाको ब्याजदर १२ प्रतिशत नाघ्यो : राष्ट्र बैंक

२०७९ कार्तिक ४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका अनुसार २०७९ भदौमा कर्जाको भारित औसत ब्याजदर १२.०६ प्रतिशत पुगेको छ । २०७८ भदौमा कर्जाको भारित औसत ब्याजदर ८.५७ प्रतिशत थियो । एक वर्षको अवधिमा कर्जाको भारित औसत ब्याजदर करिब साढे ३ प्रतिशत बिन्दुले बढेको हो ।

२०७५ असारमा १२.४७ प्रतिशतसम्म पुगेको कर्जाको भारित औसत ब्याजदर कोभिड–१९ अगाडि फागुन २०७६ मा ११.८० प्रतिशतमा झरेको थियो । कोभिडसँगै कर्जाको माग घटेर बैंकहरुको अधिक तरलता हुँदा २०७८ असार मसान्तमा कर्जाको भारित औसत ब्याजदर ८.४३ प्रतिशतसम्म झरेको थियो । तर, गत आर्थिक वर्षको दोस्रो त्रैमासबाट बैंकिङ प्रणालीमा अभावसँगै बढ्दै गएको ब्याजदरले पुनः १२ प्रतिशत भन्दा माथि पुगेको छ ।

यस्तै बैंकहरुको औसत आधार ब्याजदर (बेसरेट) नै दोहोरो अंकमा पुगेको छ । भदौमा वाणिज्य बैंकहरुको औसत बेसरेट १०.०१ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ भदौमा औसत आधार ब्याजदर ६.८९ प्रतिशत रहेको थियो । २०७९ भदौमा निक्षेपको भारित औसत ब्याजदर ७.८१ प्रतिशत पुगेको छ । २०७८ भदौमा यस्तो ब्याजदर ४.९२ प्रतिशत रहेको थियो ।