Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

असोजमा बैंकहरुको निक्षेप साढे ६१ अर्बले बढ्यो

२०७९ कार्तिक ४ गते

बैंकिङ खबर/ बैंकिङ खबर/ असोज महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन साढे ६१ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असोजमा बैंकहरुको निक्षेप ६१ अर्ब ६४ करोड रुपैयाँले बढेको हो । बैंकहरुमा नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ९७ अर्ब रुपैयाँले निक्षेप बढाएको छ ।

इन्भेष्टमेन्ट बैंकले ७ अर्ब २० करोड र ग्लोबल आइएमई बैंकले ६ अर्ब २८ करोड रुपैयाँले बढाएका छन् । सनराइज बैंकको निक्षेप सबैभन्दा धेरै २ अर्ब ८६ करोड रुपैयाँले घटेको छ भने एनएमबि बैंक, एनआइसि एशिया बैंक, कुमारी बैंक र एभरेष्ट बैंकको निक्षेप संकलन घटेको छ ।

असोजमा बैंकहरुको कर्जा लगानी भने ३० अर्ब रुपैयाँले बढेको छ । बैंकहरुमध्ये ६ बैंकको कर्जा लगानी घटेको छ भने बाँकी सबैको बढेको छ। कर्जा लगानी सबैभन्दा धेरै बढाउनेमा इन्भेष्टमेन्ट बैंक सबैभन्दा अगाडि छ । बैंकको कर्जा ३ अर्ब ७९ करेड रुपैयाँले बढेको छ ।

यस्तै नबिल बैंकले पनि कर्जा लगानी २ अर्ब ९६ करोड रुपैयाँले बढाएको छ भने हिमालयन बैंकले २ अर्ब ८४ करोड र मेगा बैंकले २ अर्ब ७९ करोड रुपैयाँले बढाएको छ ।

लक्ष्मी बैंकको कर्जा लगानी ९१ करोड रुपैयाँले घटेको छ भने ग्लोबल र सनराइज बैंकको ४४ अर्ब रुपैयाँले घटेको छ। यस्तै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकको पनि कर्जा लगानी घटेको छ ।