
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दुई महिनाको देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । सार्वजनिक विवरणमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.६४ प्रतिशत रहेको छ ।
आयात १३.० प्रतिशतले, निर्यात ३४.९ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा ९.४ प्रतिशतले घटेकोछ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.८ प्रतिशतले र अमेरिकी डलरमा ११.३ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.२३ अर्ब ६८ करोडलेघाटामा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ३५ करोड अमेरिकी डलर रहेको छ ।
संघीय सरकारको खर्च रु.१३४ अर्ब ३४ करोड र राजस्व परिचालन रु.१४३ अर्ब ८१ करोड रहेकोछ । विस्तृत मुद्राप्रदाय १.१ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ५.५ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.९ प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ७.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.५ प्रतिशत रहेको छ ।
पूर्णपाठ




