Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

धनतेरस: राष्ट्र बैंकले आजदेखि सुन र चाँदीका सिक्का बिक्री गर्ने

२०७९ कार्तिक ३ गते

बैंकिङ खबर/ तिहारको धनतेरस अवसर पारेर बिहीबारदेखि राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्री गर्ने भएको छ । पर्याप्त मौज्दात रहेकाले माग अनुसार वर्षभर नै सुन र चाँदीको सिक्का बिक्री गर्दै आएको राष्ट्र बैंकले धनतेरसलाई नै लक्षित गरेर बिहीबार देखि बिक्री सुरु गर्ने राष्ट्र बैंक टक्सार विभाग प्रमुख विनोदराज आचार्यले बताउनुभयो ।

राष्ट्र बैंकले काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट ती सिक्काको बिक्री गर्नेछ । धनतेरसमा असर्फीको माग धेरै हुने भएकाले सहज तिरिकाले असर्फी र चाँदीका सिक्का बिक्री गरिने तयारी रहेको आचार्यको भनाइ छ । प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एक/एक थान असर्फी वितरण गरिने जनाइएको छ ।

सुनको बजार मूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको हुन्छ । असर्फी व्यक्ति वा संस्था दुबैले खरिद गर्न सक्छन् । व्यक्तिलाई असर्फी बिक्री गर्दा राष्ट्र बैंकले सुनको प्रचलित बजार मूल्यमा प्रतिग्राम २ सय रुपैयाँ थप गरी दैनिक मूल्य तय गर्छ । तर, संस्थाको हकमा प्रतिग्राम तीन सय रुपैयाँ थप गरिने राष्ट्र बैंकले बताएको छ । पुरानो टक्सार कार्यालय सुन्धाराबाट बबरमहल स्थानान्तरण गरेर राष्ट्र बैंकले बबरमहलबाटै सिक्का बनाउँदै आएको छ ।