Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अर्थतन्त्रमा ठूलो दबाब छ: कावा गभर्नर ढुंगाना

२०७९ आश्विन २८ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा.निलम ढुङ्गाना तिमिल्सनाले अर्थतन्त्रमा ठूलो दबाब रहेको बताउनुभएको छ । एसोशिएसन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान)ले गरेको दीगो आर्थिक विकास विषयमा शुक्रबार गरेको कार्यक्रममा उहाँले विश्वको अर्थतन्त्रमा नै ठूलो दबाब परेको बताउनुभयो ।

नेपाल रास्ट्र बैंककी डेपुटी गभर्नर समेत रहनुभएकी ढुंगानाले अब दीगो विकासका बहस आवश्यक रहेको बताउनुभयो । वर्तमान पुस्तालाई असर नगरी भविष्यको पुस्तालाई सहयोग पुग्ने गरी काम गर्नु दीगो विकास भएको बताउँदै अर्थतन्त्रलाई पनि सोही ढंगलाई सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।

नेपाल लगायत केही देशहरू अहिले असहज परिस्थितिमा चलिरहेको भन्दै उहाँले कोरोना महामारी र रुस–यूक्रेन युद्धका कारण अर्थतन्त्रमा ठूलो प्रभाव पारेको बताउनुभयो ।