October 13th, 2022

कात्तिकमा निक्षेपको ब्याज नबढ्ने, कर्जाको भने बढ्ने

बैंकिङ खबर/ कात्तिक महिनामा बैंकको निक्षेपको ब्याजदर नबढ्ने भएको छ । अधिकांश बैंकरहरुले अहिले निक्षेपमा ब्याजदर बढाउन नहुने धारणा राखेपछि कात्तिकमा ब्याजदरलाई बैंकर्स संघले स्थिर राख्न लागेको हो ।

बैंकहरुले असोजमा निक्षेपको ब्याजदर बढाएर १२.१३ प्रतिशत पुर्याएका थिए। बैंकहरुले ब्याजदर बढाउदा अहिले व्यवसायीहरुले पनि विरोध गरिरहेका छन्। ब्याजदर बढाउदा लागत मात्रै धेरै बढ्ने हुँदा अहिले बैंकरहरुले निक्षेपको ब्याजदर नबढाउने निश्कर्ष निकालेका हुन्।

ब्याजदर के गर्ने भन्ने विषयमा बैंकरहरुबीच निरन्तर छलफल चल्दै आएको छ। त्यसमा अधिकांश बैंकरले अब ब्याजदर बढाउन नहु्ने धारणा राखेका छन्। बैंकर्स सँघका सदस्यहरुले पनि अहिले ब्याजदरलाई यथावत राख्नुपर्ने धारणा राखेका छन् यसले गर्दा कात्तिकमा पनि असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिने सहमति बैंकरहरुले गरेका छन्।