Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुको घट्यो कर्जा लगानी, निक्षेप कति ?

२०७९ आश्विन २५ गते


बैंकिङ खबर/ बैंकिङ प्रणालीमा दशैँपछि निक्षेप थपिएको छ भने कर्जा लगानी घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४ अर्ब रुपैयाँले बढेको छ । गत असोज १३ गतेसम्म बैंक तथा वित्तीयको कुल निक्षेप ५१ खर्ब २३ अर्ब रुपैयाँ रहेको छ । गत

असोज २३ गतेसम्म भने कुल निक्षेप बढेर ५१ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । यस्तै वाणिज्य बैंकहरुको निक्षेप भने १ अर्ब रुपैयाँले मात्रै बढेको छ । गत असोज १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब २२ अर्ब रुपैयाँ रहेकोमा असोज २३ गतेसम्म बढेर ४५ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने १२ अर्ब रुपैयाँले घटेको छ । गत असोज १३ गतेसम्म कुल कर्जा लगानी ४७ खर्ब ३८ अर्ब रुपैयाँ रहेकोमा असोज २३ गतेसम्म घटेर ४७ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ ।

वाणिज्य बैंकहरुको कर्जा लगानी पनि असोज २३ गतेसम्म घटेर ४१ खर्ब ८६ अर्ब रुपैयाँमा झरेको छ । गत असोज १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९७ अर्ब रुपैयाँ रहेको थियो। निक्षेप बढेसँगै बैंकहरुको औसत सीडी रेसियो असोज २३ गतेसम्म घटेर ८७.०५ प्रतिशतमा झरेको छ ।