Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

दशैंमा नगद सर्कुलेसन ५७ अर्ब रुपैयाँले वृद्धि

२०७९ आश्विन २४ गते

बैंकिङ खबर/ दशैंमा ५७ अर्ब रुपैयाँले नगद सर्कुलेसन वृद्धि भएको छ । २६ भदौबाट नयाँ नोट सटही सुविधासँगै बढ्न लागेको नगद सर्कुलेसन २३ असोजसम्म ५७ अर्बले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २६ भदौ अगाडि ६ खर्ब ७ अर्ब रहेको नगद सर्कुलेसन २३ असोमा ६ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको उनले बताए ।

यस्तै दशैंका लागि साना र ठूला दरको ५० अर्बको नोट सटही गरेको केन्द्रीय बैंकले दशैंका लागि साना दरको (५ देखि १०० रुपैयाँ सम्मका) १५ अर्ब र ठूला दरको (५०० र १००० दरका) ३५ अर्बको नोट सहटी भएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै दशैंमा बैंकिङ प्रणालीबाट १३ अर्ब भन्दा बढी निक्षेप बाहिरिएको छ । दशैंको अगाडि १३ असोजमा ५१ खर्ब २७ अर्ब ९६ करोड रहेकोमा २३ असोजमा ५१ खर्ब १४ अर्ब ८२ करोडमा झरेको हो ।