
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले मनिचेन्जरको नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य बन्द गरेको छ। केन्द्रीय बैंकको विदेशी विनियम व्यवस्थान विभागले शुक्रबार एक सूचना जारी गर्दै नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य बन्द गरिएको जानकारी गराएको हो।
अर्को व्यवस्था नभएसम्मका लागि अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका स्थानमा मनिचेन्जरको नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य बन्द गरिएको विभागले जनाएको छ। ‘सोहीबमोजिम गर्न गराउन पनि विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ले दिएको अधिकार प्रयोग गरी यो सूचना जारी गरिएको छ’, विभागले भनेको छ।



