Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

७ दिनभन्दा बढी सार्वजनिक बिदा भए एसएलएफको भुक्तानी अवधि बढ्ने

२०७९ आश्विन १३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले लगातार ७ दिन भन्दा बढी सार्वजनिक बिदा परे स्थायी तरलता सुविधा (एसएलएफ) को भुक्तानी अवधि थप हुने व्यवस्था गरेको छ । राष्ट्र बैंकले दशैं बिदामा तरलता समस्या नहोस् भनेर बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

१२ असोजको निर्णयअनुसार नेपाल राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ को परिच्छेद–१५ स्थायी तरलता सुविधा सम्बन्धी व्यवस्थाको बुँदा नम्बर ४९ (६) मा रहेको व्यवस्थालाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यसअघि ७ दिनको लागि मात्रै पाइने स्थायी तरलता सुविधा अब भने लामो बिदा परेमा बिदा समाप्त नहुँदासम्म भुक्तानी अवधि रहने व्यवस्था गरेको छ ।

संशोधित व्यवस्थामा भनिएको छ, ‘स्थायी तरलता सुविधाको अधिकतम भुक्तानी समयावधि हाल ७ कार्यदिन रहेको छ । तर, ७ दिन वा सोभन्दा बढी अवधिको सार्वजनिक बिदा परेको अवस्थामा यस्तो अवधि बिदा पश्चात कार्यालय खुल्ने दिनसम्मका लागि कायम गर्न बाधा पुगेको मानिने छैन ।’