दशैंको समयमा घर पुग्ने टिकट सहज रुपमा नपाउनु सर्वसाधारणले बर्षैपिच्छे भोग्दा आएको मुख्य समस्या हो । झण्डै ३० खाल मान्छे काठमाडौँ उपत्यकाबाट दसैँका बेला बाहिरिन्छन् तर यो बेलासम्म २० लाखले पनि टिकट पाएका छैनन् ।सहज टिकट नपाउने समस्यामा परेका कतिपय सर्वसाधारणहरु आफ्नै भेहिकल खरिद गर्नमा इच्छुक छन् । तर फुल पेमेन्टको लागि आफुसँग पर्याप्त रकम नभएका कारण बैंकबाट लोन लिएर भएपनि भेहिकल खरिद गर्ने कतिपयको चाहना हुन्छ ।
दसैँको अवसरमा विभिन्न बैंकहरुले सुलभ ब्याजदरमा गाडि कर्जा उपलब्ध गराउने घोषणा पनि गरिसकेका छन् । यद्यपी धेरै सर्वसाधरण यसबारे जानकार छैनन् । अहिले हेरौँ तीन वाणिज्य बैंकले अटो लोनमा दिने सेवा के छन् ?
माछापुच्छ्रे बैंक : यस बैंकले सर्वसाधारणलाई प्रदान गर्ने गाडि कर्जा सेवामा प्राइभेट प्रयोजनका लागि ६.७५ प्रतिशत ब्याजदर कायम गरेको छ भने व्यवसायीक प्रयोजनका लागि पहिलेदेखि नै लागु गरिरहेको स्ट्याडर्ड दर ८.५ प्रतिशत ब्याजदर रहेको छ । यो स्किम आगामि कार्तिक १० गतेसम्मका लागि रहने बैंकले जनाएको छ । नयाँ स्किममार्फत कर्जा लिन चाहनेका लागि ७ वर्ष र व्यवसायीक प्रयोजनका लागि कर्जा लिन चाहनेका लागि ५ वर्षसम्मका लागि बैंकले गाडि कर्जा उपलब्ध गराउने भएको छ ।
जनता बैंक : यस बैंकले ग्राहक सेवालाई ध्यानमा राख्दै अन्य बैंकहरुले जस्तै ग्राहकहरुलाई विशेष अफरका साथ गाडि कर्जा प्रदान गर्दै आएको छ । तिहारसम्म लागु हुने गरी बैंकले संचालन गरेको गाडि कर्जा अफरमा नीजी प्रयोजनका लागि प्रदान गर्ने कर्जामा ७.९९ र व्यवसायीक प्रयाजनका लागि प्रदान गरिने कर्जामा अधिकतम १० प्रतिशतसम्मको ब्याजदर लागु गरेको छ । अफर अवधिभरमा कर्जा लिने व्यक्तिका लागि बैंकले १ प्रतिशत मात्र सर्भिस चार्ज लिने व्यवस्था छ । तर प्राइभेट र कमर्सियल प्रयोजनका लागि बैंकले निर्धारण गरेको समयावधी भने फरक छ । बैंकले निजी प्रयोजनका लागि प्रदान गर्ने गाडि कर्जा बढिमा ५ वर्षसम्मका लागि मात्र दिँदै आएको छ भने कमर्सियल प्रयोजनका लागि प्रदान गरिने गाडि कर्जा कम्तिमा ५ र बढिमा ७ वर्षसम्मका लागि दिँदै आएको छ ।
लक्ष्मी बैंक : लक्ष्मी बैंकले पनि आफ्ना ग्राहकका लगि नयाँ स्किम ल्याएको छ । जसमा, नीजी प्रयोजनका लागि ६.९९ प्रतिशत ब्याजदर ७ वर्षका लागि र न्युनतम ९ प्रतिशतदेखि १० प्रतिशतसम्म ब्याजदर ५ वर्षसम्मका लागि जुन व्यवसायीक प्रयोजनका लागि खरिद गर्ने गाडिका लागि बैंकले कर्जा उपलब्ध गराउने व्यवस्था रहेको छ ।



