Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अधिकांश बैंकले दोहोर्‍याएर प्रकाशित गरे नयाँ ब्याजदर

२०७९ आश्विन ५ गते

बैंकिङ खबर/ अधिकांश बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको एक साता नवित्दै पुनः दोहोर्‍याएर ब्याजदर सार्वजनिक गरेका छन् । केहि बैंकले दशमलव पछिको अंकमा चलाखी गरेर ब्याजदर प्रकाशित गरेपछि अन्य बैंकले पनि पुनः दोहोर्‍याएर ब्याजदर प्रकाशित गरेका हुन् ।

३० भदौ बिहीबार बसेको नेपाल बैंकर्स संघको कार्यकारी समितिको बैंठकले ६ महिनादेखि ‘भद्र सहमति’ खारेज गर्ने निर्णय गरेपछि भदौ ३१ गते सबै बैंकले मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने गरी ब्याजदर प्रकाशित गरेका थिए ।

केहि बैंकले भने चलाखी अपनाउँदै दशमलवपछि ३ अंक राखेर ब्याजदर प्रकाशित गरे । जसअनुसार १२.१३३ प्रतिशत ब्याजदर कायम गरे । यसले गर्दा संस्थागत निक्षेपको ब्याजदर थोरै बढेको थियो ।

ब्याजदर फरक परेपछि अन्य बैंकमा रहेको निक्षेप बाहिरिन थाल्यो । सोही कारण बैंकरहरुबीच अहिले विवाद समेत चलिरहेको छ । सिइओहरुले दशमलवपछि ३ अंक राखेर ब्याजदर प्रकाशित गर्ने बैंकले ब्याजदर सच्याउनुपर्ने बताउँदै आएका थिए । तर ब्याजदर नसच्चिएपछि अन्य बैंकहरुले पनि पुनः दशमलवपछि ३ अंक राखेर ब्याजदर प्रकाशित गर्न थालेका हुन् ।

बुधबार आधा दर्जन बढी बैंकले दोहो¥याएर ब्याजदर प्रकाशित गरेका छन् । बुधबार लक्ष्मी, प्रभु, सिभिल, मेगा, स्ट्यान्डर्ड चाटर्ड लगायतका बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । गत सोमबार र मंगलबार पनि केहि बैंकले दोहोर्‍याएर ब्याजदर सम्बन्धी सूचना प्रकाशित गरिसकेका छन् ।