Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

भदौमा निक्षेप ५३ अर्बले बढ्यो

२०७९ आश्विन ४ गते

बैंकिङ खबर/ वाणिज्य बैंकहरुको निक्षेप भदौ महिनामा५३ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स एसोसिएसन एनबीएले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप भदौमा ५३ अर्ब रुपैयाँले बढेको हो। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ।

गत साउन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३३ अर्ब रुपैयाँ रहेको थियो। एनबीएको तथ्यांकअनुसार भदौमा वाणिज्य बैंकहरुले थप १३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन्। योसँगै भदौ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ। गत साउन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७७ अर्ब रुपैयाँ रहेको थियो।