Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

जथाभावी कर्जा प्रवाह गर्दा बैंकवित्त संकटमा : गभर्नर

२०७९ आश्विन ४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले आफ्नो सहजता हेरेर कर्जा दिने गरेको बताउनुभएको छ । निक्षेप तथा कोष सुरक्षण कोषको मंगलबार आयोजित ४९ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकहरुले राज्यले भनेको क्षेत्रमा लगानी गर्न जोखिम देख्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बैंकहरुले आफ्नो सहजता हेरेर कर्जा दिने गरेका छन् । तर, राज्यले नयाँ उद्यमी बनाउन, उत्पादन बढाउनेलगायतका उद्देश्य राखेको हुन्छ। बैंकहरुले भने राज्य भनेको क्षेत्रमा जोखिम देख्छन् ।’

जथाभावी कर्जा प्रवाह गर्दा केही वित्तीय संस्था संकटमा परेका पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्र बैंकले अहिलेसम्म १५ वटा वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरिसकेको छ ।’

निक्षेप र कर्जा दुवैको सुरक्षण कोषले गरिरहेको उल्लेख गर्दै गभर्नर अधिकारीले कोषले गर्नुपर्ने काम अझै धेरै रहेको बताउनुभयो । विश्व बैंकको पछिल्लो प्रतिवेदनले सन् २०२३ सम्म विश्व अर्थतन्त्रमा मन्दी आउन सक्ने उल्लेख गरेको छ । उहाँले भन्नुभयो, ‘यदि विश्व अर्थतन्त्रमा आएको मन्दीले वित्तीय संस्थामा केही असर गर्यो भने समग्र अर्थतन्त्रमा प्रभावित हुन्छ ।’