प्रभु बैंकको सेयर कारोबारमा अप्ठ्यारो परेको भन्दै नेपाल स्टक एक्सचेन्जले नेपाल राष्ट्र बैंकलाई सहज तुल्याउन आग्रह गरेको छ । ग्रान्ड बैंकसँगको मर्जर प्रक्रिया पूरा गरी एकीकृत बैंकिङ कारोबार सुरु गरेको १० महिनापछि साविकको प्रभु बैंकको मात्र सेयर कारोबार गर्न राष्ट्र बैंकले अनुमति दिएपछि सेयर समायोजनमा अप्ठ्यारो परेको भन्दै राष्ट्र बैंकलाई पत्र लेखेको नेप्सेले जनाएको छ ।
प्रभु बैंकले जारी गरेको २० प्रतिशत हकप्रद समायोजनपश्चात् बैंकको प्रतिकित्ता सेयर मूल्य ३६३ रुपैयाँ तोकिएको नेप्सेले जनाएको छ । बैंकको मर्जरमा जानुअघि नेप्सेमा प्रतिकित्ता ४१५ रुपैयाँमा सेयर किनबेच भएको थियो ।



