युनिक फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको आइतबार सम्पन्न नवौँ वार्षिक साधारणसभाले हाल कायम चुक्तापुँजीको १६ प्रतिशत अर्थात तीन करोड ८१ लाख, ७७ हजार छ सय रुपैयाँ बराबरको बोनस सेयर दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । हाल कम्पनीको चुक्तापुँजी २३ करोड ८६ लाख १० हजार रुपैयाँ रहेको छ । बोनश शेयर वितरण पश्चात संस्थाको चुक्ता पूँजी २७ करोड ६७ लाख ८७ हजार ६ सय रुपैयाँ पुग्नेछ ।
सभाले आ.ब. २०७२/७३ को प्रगती प्रतिवेदन, आ.ब. २०७२/७३ को लेखापरिक्षण प्रतिवेदन सहितको आय ब्यय विवरण, वासलात तथा नगद प्रवाह विवरण, २०७३/७४ को लागि लेखापरिक्षकको नियुक्ती लगायतका प्रस्तावहरु समेत सर्वसम्मत पारित गरेको छ । साथै संस्थापक समुह तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पदमा डा. बिनोद बहादुर खत्री, नरेश चन्द्र प्रधान र दिव्यश्वर श्रेष्ठ तथा सर्वसाधारण शेयरधनीको तर्फबाट मणि राज दाहाललाई सभाले संचालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।
गत आ.व.को आषाढ मसान्त सम्ममा ८० करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन तथा ६२ करोड रुपैयाँ कर्जा तथा लगानी गरेको छ । संस्थाको आषाढ मसान्तको कर्जा निक्षेप अनुपात ५०.७९%, पुजिकोष ४३.३४% रहेको छ । हाल संस्थाले बिभिन्न बचत योजनाहरुमा ५.५ % देखि ७.०० % सम्म व्याज प्रदान गर्दै आएको र हायर पर्चेज, हाउजिङ, व्यापारिक, औद्योगिक, रियल स्टेट तथा शैक्षिक कर्जा अन्र्तगत कर्जाहरु प्रदान गर्दै आएको छ ।



