
बैंकिङ खबर/ वाणिज्य बैंकहरुबाट असोज २ देखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैँका लागि वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गराएको छ।
राष्ट्र बैंकले एक सूूचना जारी गर्दै यस्तो जानकारी गराएको हो। असोज २ गतेदेखि बैंकहरुले काठमाडौं उपत्यकाभित्रका तोकिएका शाखा कार्यालयहरुमार्फत नयाँ नोट सटहीको व्यवस्था गर्नुपर्नेछ। यसका साथै बैंकहरुले सर्वसाधारणलाई नयाँ नोट तथा सुकिलो नोट सटहीका लागि काठमाडौँ उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला) भित्रका कम्तीमा ५ वटा शाखा कार्यालयहरु तोकेर आफ्नो वेबसाइटमार्फत सूचना दिनुुपर्नेछ।
सूचनामा नयाँ तथा सुकिलो नोट सटही गर्न समयावधि र संख्यासमेत उल्लेख गर्नुुपर्नेछ। सर्वसाधारणलाई ५, १०, २०, ५० र १०० दरको प्रतिव्यक्ति बढीमा एक–एक बन्डलका दरले जम्मा १८ हजार ५०० रुपैयाँसम्म सटही सुविधा उपलब्ध गराउनुुपर्नेछ।


