Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुमा बढ्यो निक्षेप

२०७९ भाद्र २९ गते

बैंकिङ खबर/ वाणिज्य बैंकहरुको निक्षेपमा सुधार देखिन थालेको छ। दशैंतिहार नजिकिएसँगै रेमिटेन्स आप्रवाह बढेर निक्षेपमा सुधार देखिएको हो।

यसबाहेक दशैँतिहारका लागि आवश्यक पर्ने सामान आयातको भुक्तानी भइसकेको छ। नयाँ भुक्तानी गर्नु परेको छैन। साथै सरकारले पनि तल्लो तहसम्म पैसा पठाउन थालेको छ। दसैंअघिका विकास निर्माणका भुक्तानी पनि हुन थालेको छ।

राष्ट्र बैंकका अनुसार, सोमबारको तुलनामा मंगलबार निक्षेप ७ अर्बले बढेको छ। निक्षेप बढेकै कारण सेयर बजार पनि उक्लिन थालेको छ। ऋण भने स्थिर छ।

अहिले बाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ। ऋण पनि ४१ खर्ब ८२ अर्ब रुपैयाँ छ। पेट्रोलियम ब्यवसायीले अहिले पेट्रोलियम पदार्थ उठाउन छाडेका छन्। यसले गर्दा भुक्तानी गर्नु पर्ने दायित्व घटेको छ। यसले गर्दा पनि निक्षेपमा सुधार देखिएको हो।

बुधबार बैंकहरुले स्थायी तरलता सुविधा बापतको सापटी पनि अन्य दिनको तुलनामा कम प्रयोग गरेका छन्।

मंलबार ३० अर्ब ९१ करोड प्रयोग गरेका बैंकले बुधबार २९ अर्ब ८३ करोड प्रयोग गरेका राष्ट्र बैंकले जनाएको छ ।