Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

इनोभेटिभ र आईएलएफसीओका सेयरधनीलाई बोनस सेयर

२०७३ आश्विन १७ गते
सेयर:

bonusइनोभेटिभ डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई आकर्षक लाभांश दिने भएको छ । बैंकको गत शुक्रबार सम्पन्न सञ्चालक समितिको वैठकले २१.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राष्ट्र बैंकमा लैजाने निर्णय गरेको छ । प्रस्तावित वोनस राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । 

आईएलएफसीओ माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि आफ्नो सेयरधनीलाई लाभांश दिने भएको छ । संस्थाको आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त वोनस सेयर राष्ट्र बैंकबाट स्विकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गर्न भने बाँकी रहेको छ ।