Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारलाई लाग्यो दशैँ : दोहोरो अंकले बढ्यो परिसूचक

२०७३ आश्विन १६ गते
सेयर:

economic 2साताको पहिलो दिन सेयर बजार १०.४ अंकले बढेर १७६३.७८ अंकमा पुगेको छ । आइतबारको बजार बीमा समूहले बढाएको छ । बीमा समूह २३७.०१ अंकले बढेको छ भने बैंकिङ, फाइनान्स र अन्य क्रमशः ५.२२, ०.०९ र ६.३६ अंकले बढेका छन् । होटल, विकास बैंक र जलविद्युत् भने क्रमशः ८.५६, ०.७७ र १३.४१ अंकले घटेका छन् । 

कारोबार रकममा पनि सुधार देखिएको छ । यद्यपि, एक अर्ब भने पुगेको छैन । चार घण्टाको कारोबार अवधिमा एक सय ३५ वटा कम्पनीको १० लाख २४ हजार एक सय १४ कित्ता सेयर चार हजार तीन सय ९९ पटक खरिदविक्रि हुँदा ८८ करोड ७० लाख ८७ हजार छ सय २३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल कारोबारमध्ये शिखर इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ११ करोड ६७ लाख ९२ हजार पाँच सय ४६ रुपैयाँ पुँजी परिचालन भएको छ । सनराइज बैंक र एनबी बैंकको कारोबारले नौ करोड नाघेको छ । सिद्धार्थ बैंकको आठ करोडमाथिको कारोबार हुँदा एभरेष्ट बैंक र नेपाल लाइफ इन्स्योरेन्सको चार करोडमाथिको कारोबार भएको छ भने मुक्तिनाथ विकास बैंकको साढे दुई करोडभन्दा माथिको कारोबार भएको छ । एनएमबी बैंक, एसबीआई बैंक, नविल बैंक लगायतको साढे एक करोडभन्दा बढीको सेयर कारोबार भएको छ । 

आइतबार ६० वटा कम्पनीका लगानीकर्ताले अधिकतम ९.९८ प्रतिशतदेखि न्युनतम ०.०७१ प्रतिशतसम्मले सम्पत्ति बढाएका छन् । सबैभन्दा धेरै कमाउनेमा बैंक अफ काठमाण्डू लुम्बिनीका लगानीकर्ता छन् भने सबैभन्दा थोरै कमाउनेमा स्वरोजगार लघुवित्तका लगानीकर्ता छन् । यसबाहेक, ज्योति विकास बैंक र कुमारी बैंकका लगानीकर्ताले क्रमशः ९.९१ र ९.७१ प्रतिशतका दरले कमाएका छन् । कामना विकास बैंक, मुक्तिनाथ विकास बैंक, शिखर इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, मनास्लु विकास बैंक लगायतले पनि कमाएका छन् । 

निर्धन उत्थान विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ९.२३ प्रतिशतका दरले गुमाउँदा नमस्ते वित्तीय संस्थाका लगानीकर्ताले ८.६ प्रतिशतका दरले गुमाएका छन् भने ङादी ग्रुप पावर, एभरेष्ट बैंक (सीपी) र आईसीएफसी फाइनान्सका लगानीकर्ताले ७ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । आईएलएफसीओ माइक्रोफाइनान्सका लगानीकर्ताले साढे ६ प्रतिशतभन्दा बढीले गुमाएका छन् । देवः विकास बैंक, सांग्रीला डेभलपमेन्ट बैंक, कालिका माइक्रोक्रेडिट, वरियन्टल होटल्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।