Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकद्वारा सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा

२०७९ भाद्र २२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ। केन्द्रीय बैंकले राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त घोषणा गरेको हो।

दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्तले प्रकाशित गरेको २०७८ असोज मसान्तको वित्तीय विवरणको आधारमा राष्ट्र बैंकले समष्टिगत स्थालगत निरीक्षण गरेको थियो भने त्यसपछि पनि गरिएको विशेष निरीक्षणबाट उक्त संस्थामा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष सम्मिलित भई संस्थाको हितविपरित व्यक्तिगत लाभको लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरुपयोग गर्ने कार्यमा संलग्न भएको देखिएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै संस्थाको प्रारम्भिक पूँजीकोष पनि १०.३१ प्रतिशतले ऋणत्मक भएको हुँदा राष्ट्र बैंकले गत चैत २ गते नै बैंक तथा वित्तीय संस्था शिघ्र सुधारात्मक कारवाही सम्बन्धि विनियमावली २०७४ को विनियम ३ को खण्ड क, ख र ग बमोजिम कारवाही गरेको थियो। साथै राष्ट्र बैंकले उक्त संस्थालाई समस्याग्रस्त घोषणा गर्नु नपर्ने कारण भए पेश गर्न स्पष्टिकरण सोधेको थियो।