
बैंकिङ खबर/ एनसीसी र कुमारी बैंक पनि मर्जरमा जानेगरी छलफल सुरु गरेका छन्। गत सातामात्रै नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो।
राष्ट्र बैंकले दुवै बैंकका अध्यक्षसँग छुट्टाछुट्टै छलफल गर्दै उक्त निर्देशन दिएको थियो। बैंकको स्वाप रेसियोमा छलफल भइरहेको छ। सम्भवत १००ः१०० को रेसियोमा मर्जरमा जाने सम्झौता गर्नेछन्।
नेपाल राष्ट्र बैंकले मर्जरमा जाने सम्झौता हालसम्म नगरेका बैंकहरुलाई ताकेता गरिरहेको छ। राष्ट्र बैंकले एनसीसी, कुमारी र सनराइज, सिद्धार्थ, लक्ष्मी, माछापुच्छ्रे, सानिमा र सिटिजन्स बैंकलाई पुस मसान्तसम्म मर्जरमा जाने सम्झौता गर्न ताकेता गरिरहेको छ।
यता एभरेष्ट बैंक र सनराइज बैंकले पनि मर्जरमा जानेगरी छलफल तीव्र पारिरहेका छन्। राष्ट्र बैंकले मर्जर जान र सम्झौता गर्न बाँकी बैंकहरुलाई पुस मसान्तसम्मको समयअवधी दिएको छ। सोहीकारण पनि एभरेष्ट र सनराइज बैंकले मर्जरका लागि छलफल अगाडि बढाएका छन्।



