२०७३ आश्विन १६ गते

तरलता व्यवस्थापनमा राष्ट्र बैंक : आइतबार पुनः ५ अर्ब रिपो

गत विहीबार मात्रै वित्तीय प्रणालीमा पाँच अर्ब तरलता पठाएको नेपाल राष्ट्र बैंकले आइतबार पुनः पाँच अर्ब तरलता पठाएको छ । बैंक तथा फाइनान्स कम्पनीहरुमा लगानीयोग्य पुँजी कम भएपछि सोको व्यवस्थापनका लागि राष्ट्र बैंकले रिपो जारी गरेर तरलता पठाएको हो । सात दिने अवधिको उक्त रिपो आगामी आइतबार परिपक्व हुनेछ । 

ripo