हिमालयन बैंकले ७ बराबर १ कित्ताका दरले हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका ६४ करोड २७ लाख ३५ हजार रुपैयाँ बराबरका ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
बैंकको हाल चुक्ता पूँजी ४ अर्ब ४९ करोड ९१ लाख ४५ हजार रुपैया रहेको छ । हकप्रद शेयर निष्काशनपश्चात बैंकको चुक्ता पूँजी ५ अर्ब १४ करोड १८ लाख रुपैयाँ पुग्नेछ ।
बैंकले आर्थिक वर्ष २०७२÷७३ मा १ अर्ब ९१ करोड ५६ लाख २८ हजार रुपैया खुद मुनाफा गरेको थियो ।


