Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शुक्रबारको शेयर कारोबर बन्द गर्ने नेप्सेको निर्णय

२०७९ भाद्र १९ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज नेप्सेले शुक्रबार शेयर कारोबर बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको नेप्से संचालक समितिको बैठकले आगामी असोज महिनादेखि लागु हुने गरि शुक्रबार भईरहेको शेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

भदौ महिनामा बाँकि रहेका शुक्रबारको दिनमा कारोबार हुने छ । असोज महिना लागेपछि शुक्रबारको कारोबार बन्द हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताउनुभयो ।

सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेपछि शेयर बजारमा सोमबारदेखि शुक्रबारसम्म कारोबार हुदै आएको थियो । पछि सरकारले आइतबारको सार्वजनिक विदा बन्द गरेपछि आइतबारदेखि शुक्रबारसम्म नै कारोबार हुन थालेको थियो। तर शुक्रबार भने २ घण्टा मात्र शेयर कारोबार हुने गरेको थियो ।

लगानीकर्ताले शुक्रबार २ घण्टा कारोबार संचालन गर्नुको कुनै अर्थ नरहेको भन्दै शुक्रबारको कारोबार बन्द गर्न माग गर्दै आएका थिए । सोहि अनुसार नेप्सेले शुक्रबारको कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

यस सँगै अब असोज महिनादेखि सार्वजनिक विदाका दिनमा बाहेक अन्य दिनमा आइतबारदेखि बिहिबारसम्म शेयर कारोबार हुने छ ।