Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेपाल वेयरहाउजिङ्गले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक

२०७९ भाद्र १७ गते

बैंकिङ खबर/ नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले विक्री प्रबन्धकमा हिमालयन क्यापिटललाई नियुक्त गरेको हो । सो सम्बन्धी आज सम्झौता भएको छ ।

सम्झौतामा हिमालयन क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र निष्काशन कम्पनी नेपाल वेयरहाउजिङ्ग कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालले हस्ताक्षर गर्नुभएको छ ।

नेपाल वेयरहाउजिङ्ग कम्पनीले जारी पुँजीको २० प्रतिशत बराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणहरुका लागि निष्काशन गर्न लागेको हो ।

नेपाल वेयरहाउजिङ्ग कम्पनी आधुनिक कृषि उत्पादनलाई सहज र सुरक्षित तवरले दिर्घकालिन रुपमा भण्डारण सेवा प्रदान गर्ने, कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाईनान्सीङ्गमा समन्वय गर्ने उद्देश्यले स्थापित संस्था हो ।