Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

२०७९ भाद्र १२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले भदौ १४ गते ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आगामी मंगलबार ९१ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको सोमबार बोलकबोल हुनेछ।

राष्ट्र बैंकले ९१ दिनका लागि ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो मंसिर १३ गते परिपक्व हुनेछ। यो ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।