Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुले लिए १० खर्ब ७२ अर्बको एसएलएफ कर्जा

२०७९ भाद्र ९ गते

बैंकिङ खबर/ चालु आवको १ महिना ९ दिनमा बैंकहरुले १० खर्ब ७२ अर्बको एसएलएफ कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले ५८३ वटा कारोबारमा उक्त रकम बराबरको एसएलएफ कर्जाको उपयोग गरेका हुन् ।

चालु आवको मौद्रिक नीतिमा एसएलएफ कर्जाको अवधि घटाएको छ । अघिल्लो वर्ष एसएलएफको अवधि ७ दिन रहेकोमा चालु आवमा त्यसलाई घटाएर ५ दिन मात्र बनाएको छ । राष्ट्र बैकले बैकमा साप्ताहिक निक्षेपको १ प्रतिशत मात्रै एसएलएफ कर्जा लिन पाउने व्यवस्था गरे पनि ५ दिन मात्रै कर्जा चलाउने व्यवस्था गरेकाले यस वर्ष एसएलएफ कर्जाको रकम झनै बढ्ने देखिएको छ । गत वर्षभरिमा बैंकहरुले ४ हजार ९ सय ८ पटक एसएलएफ सुविधाका उपयोग गरेर ९१ खर्ब ७० अर्ब रुपैयाँ रकम प्रयोग गरेका थिए ।

गत आवको असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब रहेको वाणिज्य बैंकहरुको निक्षेप भदौ ३ गतेसम्ममा घटेर ४४ खर्ब २६ अर्बमा झरिसकेको छ । चालु आवको करिब १ महिनाको अवधिमा बैंकहरुको निक्षेप १ खर्ब १५ अर्बले घटिरकेको छ । वाणिज्य बैंकको कर्जा गत आवको असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रहेकोमा अहिले ३ अर्बले बढेर ४१ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ ।