Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरुको निक्षेप रु. ७ अर्बले घट्यो

२०७९ भाद्र ८ गते

बैंकिङ खबर/ साउन मसान्तपछि भदौ ३ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघ (एनबीए) का अनुसार भदौ ३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ।

गत साउन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३३ अर्ब रुपैयाँ थियो। साउन महिनामा वाणिज्य बैंकको निक्षेप १ खर्ब ८ अर्ब रुपैयाँले घटेको थियो।

वाणिज्य बैंकहरुको कर्जा लगानी भदौ ३ गतेसम्म १ अर्ब रुपैयाँले बढेको छ। गत साउन मसान्तसम्म कुल कर्जा लगानीमा ४१ खर्ब ७७ अर्ब रुपैयाँ रहेकोमा भदौ ३ गतेसम्म बढेर ४१ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ।

गत साउन महिनाभरि वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले मात्रै बढेको थियो। भदौ ३ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो पनि बढेर ८८.४७ प्रतिशत रहेको छ। गत साउन मसान्तसम्म सीडी रेसियो ८८.०७ प्रतिशत थियो।