
बैंकिङ खबर/ धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँट हुने भएको छ । बिहान १० बजे धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा उक्त कायक्रम हुने क्यापिटलले जनाएको छ।
लघुवित्तले गत साउन २४ गतेबाट साउन २९ गतेसम्म आईपीओ निष्काशन गरेको थियो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो ।
निष्कासनको अन्तिम दिनसम्म यो आईपीओमा १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन्। यो आईपीओ ७० गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। गोलाप्रथाबाट भाग्यमानी ३० हजार ९२९ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् ।