August 22nd, 2022

इक्विटी फन्डलाई भेन्चर क्यापिटलको लाइसेन्स

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड सेबोनले अवसर इक्विटी फन्डलाई भेन्चर क्यापिटलको लाइसेन्स अनुमतिपत्र प्रदान गरेको छ। आइतबार बसेको सेबोन सञ्चालक समितिको बैठकले अवसर इक्विटीलाई भेन्चर क्यापिटलको लाइसेन्स प्रदान गर्ने निर्णय गरेको हो। विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्थाबमोजिम अवसर इक्विटीलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको लाइसेन्सन लिइएको हो।

यसअघि सेबोनले ग्लोबल इक्विटी फन्डलाई भेन्चर क्यापिटलको लाइसेन्स दिएको थियो। अवसर इक्विटी यस्तो लाइसेन्स पाउने दोस्रो कम्पनी हो। सेबोनमा १७ वटा कम्पनीले भेन्चर क्यापिटलको लाइसेन्स पाउन आवेदन दिएका छन्। तोकेको कागजात र मापदण्ड पूरा गर्ने कम्पनीहरुलाई पूर्वाधार तयार गर्न सेबोनले गरेको थियो। तिनै पत्राचार गरिएकामध्ये दुईवटा अवसर र ग्लोबल इक्विटीले पाएका हुन्।

सेबोन स्रोतका अनुसार अन्य ७ वटा मर्चेन्ट बैंकर र एउटा म्युचुअल फन्डलाई पनि सेबोनले पूर्वाधार तयार गर्न निर्देशन दिएको छ। यी ६ वटा कम्पनीले पनि पूर्वाधार तयार गर्नेबित्तिक भेन्चर क्यापिटलको लाइसेन्स पाउनेछ। भेन्चर क्यापिटलको लाइसेन्स पाउने तरखरमा रहेका कम्पनीहरुमा एनएमबि क्यापिटल, एनआईसी एसिया क्यापिटल, प्रभु क्यापिटल, नबिल इन्भेष्टमेन्ट बैंकिङ, एनआईबीएल एस क्यापिटल, लक्ष्मी क्यापिटल र आध्यान्त फन्ड छन्।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]