Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१०.७५ प्रतिशत व्याज पाइने सिद्धार्थ बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

२०७९ भाद्र २ गते

बैंकिङ खबर/  सिद्धार्थ बैंकको ‘१०.७५% एस.बि.एल. डिबेन्चर (ऋणपत्र) २०८९’ नेप्सेमा सूचीकृत भएको छ । मंगलबार मात्रै बैंकको १० वर्षे अवधि भएको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा थपिएको हो ।

उक्त सूचीकरण सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र नेप्सेको तर्फबाट नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरेका हुन् ।

बैंकले सर्वसाधारणमा निष्कासन गरेको ४० लाख थान अर्थात ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र वितरण भई साउन ३१ गते नेप्सेमा सूचीकृत भएको हो । उक्त ऋणपत्र भदौ १ गतेदेखि नै दोश्रो बजारमा कारोबारमा आइसकेको छ ।

Ad