Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

प्राईम बैंकको हकप्रद भर्नुभयो ? आइतबार सकिँदैछ म्याद 

admin २०७३ आश्विन १४ गते
सेयर:

primeप्राईम बैंकले जारी गरेको तीन बराबर एक अर्थात ३ः१ को अनुपातमा हकप्रद सेयर आगामी आइतबार बन्द हुदैछ  । बैंकले एक अर्ब २३ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद शेयर जारी गरेको हो । श्रावण १८ गते सम्म कायम बैंकका शेयरधनीले हकप्रदका असोज १६ गतेसम्म आवेदन गर्न सक्नेछन् । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । लगानीकर्ताले सिभिल क्यापिटल र बैंकका सबै शाखाहरु मर्फत आवेदन दिन पाउनेछन् । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ७० करोड रुपैयाँ रहेको छ । हकप्रद पश्चात बैंकको चुक्तापूँजी चार अर्ब ९४ करोड पुग्नेछ । बैंकको जगेडाकोषमा १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षमा १ अर्ब १२ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त मुनाफाबाट १८ प्रतिशत बोनश दिएको बैंक हकप्रद पश्चात गत आवको नाफाबाट २० प्रतिशत बोनस शेयर बाड्ने योजनामा छ । भने उसले ८ अर्ब चुक्ता पूँजी पुर्याउने योजना अनुासार बिराटलक्ष्मी र काभ्रेको कन्ट्री डेभ्लपमेन्ट बैंकलाई किन्ने सम्झौता गरिसकेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।