Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एउटा बैंकले कोर बैंकिङ सफ्टवेयरको मात्रै ५ देखि ७ करोड विदेश पठाउँछ : चिरञ्जीवी अधिकारी

२०७९ श्रावण ३० गते

चिरञ्जीवी अधिकारी
सचिव, कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) 

बैंकिङ खबर/ विदेशी सफ्टवेयरबाट नेपाली डेटा सुरक्षित छैनन् । नेपाल जस्तो देशले विदेशबाटै निर्मित हार्डवेयरका साथसाथै सफ्टवेयर समेत प्रयोग गर्दा सामाजिकसँगै वित्तीय चुनौतीको सामना गर्नु परिरहेको छ ।

नेपाली बैंकहरुले अधिकांश त्यो पनि अत्यन्त संवेदनशील भनिएका सफ्टवेयरहरू समेत विदेशी प्रयोग गरिरहेका छन् । बैंकहरुको आईटी सफ्टवेयरहरू प्रायः सबै विदेशी प्रयोग भइरहेका छन् । कुनै समस्या आयो कि त भारतबाट कि त अन्य मुलुकहरूबाट समाधान गर्नु परिरहेको छ । तर, हामी यसको संवेदनशीलताको विषयमा सोचेका छैनौं ।

यस्तो सफ्टवेयरहरू अब नेपालीहरुले बनाउनुपर्ने र राज्यले पनि स्वदेशी सफ्टवेयरहरूलाई प्राथमिकता दिनुपर्ने छ । अहिले हाम्रो देशबाट आईटीका लागि मात्रै वार्षिक ३ अर्ब हाराहारीमा रकम बाहिरिने गरेको छ । धेरै बैंकहरुले विदेशी कम्पनीको सफ्टवेयर प्रयोग गर्छन् । एउटा बैंकले कोर बैंकिङ सफ्टवेयरको मात्रै ५ देखि ७ करोड रुपैयाँसम्म विदेश पठाउँछन् ।

यसबाहेक कागजात व्यवस्थापन होस् या कार्डहरूको सफ्टवेयरका लागि छुट्टै पैसा खर्च हुने गरेको छ । हामीसँग भएका श्रोत, साधन र जनशक्तिका विषयमा मात्रै ध्यान दिने हो भने पनि निकै ठूलो धनराशी बाहिर जानबाट जोगाउन सक्नेछौँ । नेपाल बनाउनका लागि नेपालमै वस्तुहरु बनाउनुपर्छ । त्यसका लागि नेपाली आईटी क्षेत्र समेत तयार भइसकेको छ । अब नेपाली सफ्टवेयरलाई नै प्रयोगमा ल्याउनुपर्छ । स्वदेशी सफ्टवेयर कम्पनीहरुलाई प्रोत्साहन गर्ने हो भने रोजगारीको समस्या समाधान धेरै मात्रामा हल हुनेछ ।