August 15th, 2022

एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

बैंकिङ खबर/ एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

दुवै फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको इकाई धनीहरुलाई क्रमशः २१.०५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ ।योजनाको लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात मिति २०७९ श्रावण ३१ गते बुक क्लोज गरिँदैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम इकाई धनीहरुले मात्र लाभांशको लागिहकदार हुनेछन् । एनएमबि क्याटिलद्वारा प्रबदित म्यूचूअल फण्ड स्किमहरुको लाभांश इतिहास निम्नानुसार रहेको छ ।

साथैं एनएमबि क्यापिटल लिमिटेडको पाँचौं म्युचुअल फण्ड योजना“एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२”२०७९ श्रावण २६ गते देखि निष्काशन भइरहेको छ । सो योजनाको निष्काशन छिट्टोमा श्रावण ३१ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा भाद्र ९ गतेसम्म आवेदन दिन सकिनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]