Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धौलागिरी लघुवित्तको आइपीओ भर्नुभयो ?, आज अन्तिम दिन

२०७९ श्रावण २९ गते

बैंकिङ खबर/धौलागिरी लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

लघुवित्तले सर्वसाधारण समुह तर्फको ३ करोड ३१ लाख कित्ता मध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । कर्मचारी र सामुहिक लगानीकोषलाई बाँडफाँड पश्चात बल्ल सर्वसाधारणका लागि बाँकी रहेको तीन लाख ९ हजार २९५ कित्ता निष्काशन गर्नेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यपिटलले जनाएको छ ।

आइपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ । आइपीओ बाँडफाँडपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।

Ad