
बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को प्रारम्भिक मस्यौदा तयार पारेको छ । बोर्डले लगानीकर्ताको हित संरक्षण तथा धितोपत्रको कारोवार र विनिमयलाई व्यवस्थित गर्न सूचीकृत संगठित संस्था गाभ्ने,गाभिने तथा प्राप्ति सम्बन्धी कार्यलाई नियमित तथा व्यवस्थित गर्नुपर्ने भएकोले निर्देशिका तयार पारेको जनाएको छ ।
उक्त निर्देशिका अनुसार एकीकृत व्यवसायिक कारोवार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको शेयर मिलान,धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन शेयर कारोवार रोक्का राख्नुपर्नेछ । तर संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा प्राप्ति गर्ने संस्थाको शेयर कारोबार रोक्का राख्नु नपर्ने मस्यौदामा उल्लेख छ ।
संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को प्रारम्भिक मस्यौदा बोर्ड सञ्चालक समितिबाट पारित भएपछि लागू हुनेछ ।
निर्देशिकाको प्रारम्भिक मस्यौदाको पूर्ण पाठ यस्तो रहेको छ ।