Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आईपीओ निष्कासन गर्दै रिचेत जलविद्युत कम्पनी, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

२०७९ श्रावण २६ गते


बैंकिङ खबर/ रिचेत जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ ।

कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा मा स्थापना भएको रिचेत जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर– १५, महालक्ष्मीस्थानमा अवस्थित छ । यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १,१२,२२३.५७ कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।

उक्त सम्झौतापत्रमा मिति २०७९ श्रावण २५ गते अर्जुन प्रसाद पौडेल (अध्यक्ष, रिचेत जलविद्युत कम्पनी लिमिटेड) र शिशिर खनाल (कम्पनी सचिव, रिचेत जलविद्युत कम्पनी लिमिटेड) तथा सचिन्द्र ढुंगाना (नायव महाप्रबन्धक, एनआईबिएल एस क्यापिटल लिमिटेड) र रोश्ना मानन्धर (प्रमुख–मर्चेन्ट बैंकिङ, एनआईबिएल एस क्यापिटल लिमिटेड) ले हस्ताक्षर गर्नुभएको छ ।

Ad